ए...लगभग आधा जिन्दगी गैसक्यो


शिरिष मगर । 
बुटवल, १७ जेठ । विगत केही दशक यता तीजका गीतहरुमा पुरुष कलाकारहरुले पनि स्वरवद्ध गर्ने क्रम बढेपछि  धेरै स्रष्टाहरुले सँस्कृति हराउँदै जाँदा विकृतिको संज्ञा दिदै आइरहेका छन् । तर यो बर्षको तीजदेखि  भने चर्चित गायक मौसम गुरुङलाई पनि यो संस्कारले छुने भएको छ । अब उनी पनि यसबाट अछुतो रहने छैनन् ।

पछिल्लो समय नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्रमा आफ्नो छबिलाई बलियो बनाएका चर्चित गायक गुरुङको आउँदो तीजमा तीजको गीत घन्किने भएको छ ।  उनले यो बर्षको तीजमा लोक गायिका कालिका रोकासँग मिलेर तीज गीत बजारमा ल्याउन लागेका हुन् ।

ए...लगभग आधा जिन्दगी गैसक्यो 
घर जम गर्ने उमेर भैसक्यो
भनेको मान खुरुक्क
बिहे गर्ने बेला भो जान्छौ भने यही तिज मा उचालेर लान्छु जुरुक्क 

"आजभोली धेरैजसो डिस्को शैलीमा तीजका गीतहरु बजारमा आउने त्यसपनि उचित शब्द चयन गर्न नसक्ने हुदाँ श्रोताहरुले विकृतिको रुपमा लिदैँ आइरहेका छन्", गायक गुरुङले भने "तर यस गीतमा कुनै पनि नकरात्मक सन्देश जाने त्यस्तो अभिव्यक्तिहरु छैनन्, त्यसैले गीतलाई धेरै श्रोताहरुले अवश्य माया दिनुहुनेछ ।"

गीतकार दिपक बसन्त कार्कीको शब्द रहेको उक्त गीतमा उनले नै लय भरेका छन् । गीतमा गायक मौसम गुरुङ र गायिका कालिका रोकाले स्वर सुन्न पाइने छ ।

0 comments

Write Down Your Responses